म थाकिसके, मलाई छोडिदिनुहोस्, अलिकता दया गर्नुस, मेरो फौज तितरबितर भइसक्यो। मैले हारेँ तपाईँहरूले जित्नुभयो भन्दा पनि कसैको दया पलाएन। घरभित्र पसिसक्नु भएका सर (एसएसपी लक्ष्मण न्यौपाने)को कठालो समातेर बाहिर ताने, पर खेतसम्म लखेटे अनि धकेल्दै परसम्म लगेर लामो कपाल भएको जस्तो देखिनेले आँखामा भाला रोप्यो। सर त ड्याम्म ढल्नुभयो। उहाँको मुखमा, टाउकोमा हान्दै थिए, त्यसपछि मेरो पालो आउँछ भनेर ज्यान जोगाउन म भागेँ।
आजको अन्नपूर्णमा टिकापुर घटनामा घाइते भएका सुरक्षाकर्मी मानबहादुर बुढामगरको भनाई छापिएको छ।
बढो यातना दिएर मारे सबैलाई। मेरो एउटा आँखामा ढुंगा लागेपछि एउटा आँखालाई हातले छोपेर सरलाई जोगाइरहेको थिएँ, तर सकिनँ। त्यो दिन प्रहरी निरीक्षक बलराम बिष्टको कमाण्डको टोली टीकापुर नगरपालिका ६ शंकरपुर आसपास खटिएको थियो। प्रहरी निरीक्षकसहित १२ जनाको टोली निःशस्त्र लठ्ठी बोकेर परिचालित थियो।
तर बलराम सरको टोलीलाई प्रदर्शनकारीले निषेधाज्ञा तोडेर ५०० मिटर धकेलेपछि सापको वाकीटकी बज्यो, त्यहाँबाट बलराम सापले ‘सर हामीलाई च्यापिसक्यो, थप मद्दत चाहियो भनेको सुन्दै थिए। त्यतीबेला एसएसपी साप,सशस्त्रका एसपी लक्ष्मण सिंहसँगै हुनुहुन्थ्यो केहीबेरको सल्लाहपछि दुबै एकै पिकअपमा चढ्नुभयो। अगाडिको पिकअपमा एसएसपी साप र सशस्त्रको एसपी साप पछाडिको वाटनमा सशस्त्रका थप १६-१७ जान शंकरपुरमा मुभ भयो।
त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारीहरू थिए। झन्डै ५ हजारभन्दा बढी। पिकअप भीड नजिकै रोकियो। त्यसको पछाडि कभर वाटनमा सशस्त्र थियो। त्यसमा एसएलआर बोकेका ६-७ जना सशस्त्र प्रहरी थिए। एसएसपी साप् ओर्लनुभयो अनभीडलाई सम्झाउन मात्र के सुरू गर्नुभएको थियो, भीडले सी आकारमा प्रहरीलाई घेरा हाल्यो।
उता बलराम सापको त त्यसअघि नै हत्या भइसकेको रैछ। अनि हामीलाई पनि भीडले लखेट्दालखेटदै अझ पाँच सय मिटर टाढा पुर्यायो। एसएसपी साप मोटो जिउ भएको मान्छे, थाकिहाल्नुभयो, हिँड्नै सक्नु भएन।
त्यसपछि मैले नजिकै रहेको एकजनाको घरमा सरलाई लगें। सरलाई यहाँ चुपचाप बसौं भनें। बाहिर भीड र अरू प्रहरीबीच भिडन्त भइरहेको थियो। सरको वाकीटकी बजेपछि एकजनाले यहाँ भित्र पुलिस छ भन्यो। अनि हुलका हुल घरवरिपरि आए।
घरको ढोका तोडेर केही मान्छे भित्र पसे। सरको कठालो समातेर बाहिर ल्याए। त्यो घरका मानिस पनि ‘अब नहान्नुस्' भन्दै रोकिरहेका थिए तर कसैले सुनेन। केहीबेरको कुटाइपछि खेतमा लगेर एकजनाले भाला हानिहाल्यो। कसैले बन्चरोले हाने त कसैले लट्ठीले हाने।
सबैभन्दा मलाई सशस्त्र प्रहरीले फायर नखोलेकोमा नराम्रो लागेको छ। 'भीड अनियन्त्रित भयो एसपी साप फायर खोलौं' भनेर सापले धेरैपटक सशस्त्रका एसपी सापलाई भन्नुभयो तर उहाँले आदेश नआएकाले गोली हान्न नसकिने बताउनुभयो।
एकजना एसएलआर बोकेको सशस्त्र प्रहरीको जवान सरको छेउमै थियो। सरले भन्नुभयो, 'ए भाइ फायर खोल, हामीसँग केही छैन, तिमीहरूले पनि फायर नखोले कसरी बाँच्ने हामी ? छिटो फायर खोल।' तर ती जवानले आदेश नआएकाले गोली चलाउन नमिल्ने भन्दै टारे। त्यहाँ चारपाँचजना मात्रै हतियार भएका प्रहरी गएको भए भीड नियन्त्रणमा आउने रैछ।
माओवादी सशस्त्र युद्धको बेला जस्तै छापामार शैलीमा प्रहरीमाथि आक्रमण भएको थियो । प्रहरीलाई लखेट्ने, एक्ल्याउने एक समूह हुन्थ्यो, घेर्न, हतियार हान्ने, भाला रोप्ने समूह अर्कै थियो। सबैलाई एक्ल्याएर मार्दै गए। प्रहरी निरीक्षक केशब बोहरा पनि सापसँगै जानुभएको हो । सबैलाई सी आकारमा घेर्दै भाला रोप्दै, आगो लगाउँदै मारे।
सर ढलेपछि म भागें। नजिकै एउटा नाला थियो, त्यो नाला पार गर्न सकिरहेको थिइनँ। मेरो एउटा आँखा बन्द भइसकेको थियो भने खुट्टामा पनि दर्जनौं लाठी खाइसकेको थिएँ।
धेरै प्रयासपछि म त्यो नाला पार गर्न सफल भएँ। अनि धेरै टाढाको धान खेतमा गएर पल्टिराखें। धेरैबेरसम्म होस थिएन। पछि होस आएपछि यताउता सुनसान थियो। केही साथीहरू घाइते देखिन्थे, केहीका शव देखिन्थे। एकैछिनपछि थप फौज आयो। अनि हामीलाई अस्पताल लगियो।

८ भदौ - कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको घटनामा थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेका सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी कारवाहीमा परेका छन् ।सरकारले डीआइजी चौधरीसहित नेपाल प्रहरीका डीआइजी रामकुमार खनाल र कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई पनि कारवाही गरेको छ ।
घटनामा शान्तिसुरक्षा दिन नसकेको, पूर्वतयारी नगरेको, सशस्त्र प्रहरी मुकदर्शक बनेर व्यारेक फर्किएको, स्थानीय प्रशासनले गलत सूचना सम्प्रेण गरेको लगाएका आरोपमा गृह मन्त्रालयले तीनै जनालाई २४ घण्टे कारवाही गरी हेडक्वाटर तानेको हो । डीआईजी चौधरी र खनाललाई हेडक्वाटरमा तानिएको छ भने, सिडियो श्रेष्ठलाई गृहमन्त्रालयमा तानिएको हो । यसअघि सशस्त्रका डीआईजी चौधरीमाथि थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेको थियो ।
टीकापुर घटना लगत्तै कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले डीआइजी चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका थिए । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा दिनुपर्ने बताएका थिए । सशस्त्रका डीआइजी चौधरी चनाखो भएको भए कैलालीको टीकापुर क्षेत्रमा हिंसा नहुने उनीहरुको भनाई रहेको थियो ।घटनामा नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो ।
क्षेत्रीय डिआइजी चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको एक उच्च अधिकारीले बताए । उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो ।